February 23, 2025, 2:40 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

कवाडी व्यवसायीप्रति ज्यादती गरेर बालेनले आतङ्क मच्चाए : महन्थ ठाकुर

माघ ३०, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

महोत्तरी – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताएका छन् ।

सदरमुकाम जलेश्वरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौं महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाए ।

उनले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले अदालतको आदेशको विरुद्ध काठमाडौंका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउने लगायत कार्य गरेर आतङ्क मच्चाएको आरोप लगाए ।

उनले काठमाडौँ महानगर र प्रमुख बालेन शाहद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराए ।

अध्यक्ष ठाकुरले काठमाडौं महानगर र प्रमुख शाहले आफ्नो व्यवहार नसुधारेमा लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया