February 23, 2025, 2:40 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

आफ्नै सरकारविरुद्ध काँग्रेस कार्यकर्ता आन्दोलित

माघ ३०, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

सत्तारुढ नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघ सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा ओर्लिएको छ ।

नेविसंघका नेता-कार्यकर्ताले आज अपराह्न माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका हुन् । संविधानले दिएको वाक स्वतन्त्रता हनन् हुनेगरी सरकार सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रयासमा रहेको काँग्रेसी विद्यार्थीहरुको ठहर छ ।

प्रदर्शनका क्रममा ‘नियमन चाहिएको हो नियन्त्रण होइन’, ‘यो व्यवस्थामा बोल्न पाइन्न र?’, ‘प्रश्नसँग डराएको सरकार’, स्वतन्त्रताको सुरक्षा,अभिव्यक्तिको अधिकार’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको छ ।

सरकारले कानुन बनाएर अभिव्यक्ति स्वतन्त्रता खोस्न लागेको भन्दै संसदमा दर्ता उक्त विधेयकको चर्को आलोचना भैरहेको छ । बिभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायत सरोकारवालाहरुको तर्फबाट विरोध भैरहँदा सरकार भने विधेयक पारित गराउने प्रयासमा देखिन्छ ।

प्रतिक्रिया