November 22, 2024, 1:32 pm
» सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो: मुख्यमन्त्री पाण्डे » Death toll rises to 43 in Pakistan sectarian attacks: officials » कम्बोडिया जानुअघि सभामुखले भेटे राष्ट्रपति » अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त : प्रधानमन्त्री » रास्वपाबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ?

यस्तो छ आजको मौसम पूर्वानुमान

साउन ११, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी  प्रदेशका  केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका  एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया