February 26, 2025, 6:09 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

कम्बोडिया जानुअघि सभामुखले भेटे राष्ट्रपति

मंसिर ७, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को मङ्सिर ८ देखि ११ गतेसम्ममा हुने ११औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन् ।

प्रतिक्रिया