February 26, 2025, 5:49 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त : प्रधानमन्त्री

मंसिर ७, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारले कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबारमार्गमा आयोजित एमालेको जागरणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे।

‘एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,’ उनले भने, ‘अहिलेको सरकार कमिसनखोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन आएको छैन। आफ्ना मान्छे भर्ती गरेको छैन। एमालेतिर औँला ठड्याएर बोल्नेहरूलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ?’

प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी गरेको फाल्तु भ्रम फैलाइरहेको बताए। उनले सात पुस्ता पुग्ने अर्बौं सम्पत्तिको मालिक बन्नेहरू पनि यहाँ रहेको बताए।’कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न। भन्दिए भो। त्योमात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल। भन्देउ न भन्दिनका लागि। यस्तो फाल्तु कुरा गरेर हुँदैन। कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन्। त्यसका लागि हामी बहस गर्न तयार छौं,’ उनले भने।

प्रतिक्रिया