February 23, 2025, 2:25 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

माघ ३०, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

पाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइद्वारा बुधबार आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा उनले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताए।

‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईँहरूले अधिकतम उपयोग गर्नुपर्छ’, उनले भने ।

विसं २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले खाजा खर्च जोगाएर पुनर्निर्माण गरेका छन् । उक्त  पुस्तकालय आजै क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया