February 23, 2025, 2:32 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

नयाँ शक्तिका केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश

माघ २९, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

सुर्खेत– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भीमबहादुर मल्ल ‘सुवास’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मल्ललाई माओवादीको कर्णाली प्रदेश समितिको सातौँ बैठकमा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले नयाँ बनाउने नाममा अध्यक्ष भट्टराईले कम्युनिस्ट विचार छाडेको र आफूले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए ।

देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको भन्दै उनले आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया