February 23, 2025, 6:29 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ऊर्जामन्त्रीको दिल्ली दौडाहामा नबिल बैंकका कर्मचारी सामेल

माघ २९, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्का श्रीमतीसँगै भारत गएका छन् । उनी ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन हिजो नयाँदिल्ली पुगेका हुन् ।

आजदेखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन खड्काले मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी र अर्थविज्ञ अमित श्रेष्ठलाई पनि सँगै लगेका छन् । श्रेष्ठ विनोद चौधरीको धेरै लगानी रहेको नबिल बैंकका कर्मचारी हुन् । उनलाई गत भदौदेखि अर्थविज्ञको दर्जा दिएर मन्त्रालयमा राखिएको छ ।

कार्यक्रममा विभिन्न १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागी हुने उल्लेख छ । ९० सत्रको छलफलमा पाँच सय वक्ताले धारणा राख्ने र सात सय कम्पनीले प्रदर्शनीमा भाग लिने जनाइएको छ ।

प्रतिक्रिया