February 23, 2025, 6:31 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बाबुराम नेतृत्वको नेसपाको महाधिवेसन आज समापन हुदैँ

माघ २९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं,  । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेसन आज समापन हुदैँछ ।

काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।

‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ । सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो ।

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।

गत आइतवार देखी सुरू भएको महाधिवेसनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेसन समापन गर्नेछ ।

प्रतिक्रिया