February 23, 2025, 6:33 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ओलीका कारण काँग्रेस छायाँमा : सुजाता कोइराला

माघ २८, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै उल्लेख्य काम नगरेको बताएकी छन् । उनले सभापतिमा कुनै विचार नभएको, केही काम गर्न नसक्ने आरोप लगाएकी हुन् ।

सुजाताले भनिन्, ’उहाँ दिनभर के गर्नुहुन्छ, भगवान जानोस् तर उहाँले नेपाली काँग्रेस हाँक्न सक्नुभएको छैन । त्यसैले अबको सभापति शेखर कोइराला हो । शेखरलाई मेरो सपोर्ट हुनेछ ।’

आज भक्तपुरमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले वर्तमान सरकार काँग्रेसले भन्दा पनि एमाले अध्यक्षले चलाएको उल्लेख गरिन् । प्रजातन्त्र थप कमजोर भएको बताउँदै सुजाताले भनेकी छन्, ‘आज सरकार एमालेले हाँकिरहेको छ । नेपाली काँग्रेस स्याडो (छायाँ)मा परेको छ ।’

प्रतिक्रिया