February 23, 2025, 6:10 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला

माघ २८, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

भक्तपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।

आज भक्तपुरमा जिपि कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।

संसद्लाई छलेर जान खोज्यो भने त्यो निरङ्कश हुने बताउँदै उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।”

सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया