भएको निर्णय उल्टाउने कर्मचारीले नै हो । उदाहरणको लागि मुख्यसचिव बन्नको लागि कर्मचारीले राजनितिक दललाई नै खेलाए । र, राजनितिक दलका नेताले केहि स्वार्थमा काम गरिदिए । यस बिषयले सिंहदरबारमा व्यापक चर्चा पाएको थियो ।
निजामतिको गरिमामाय पदमा पुग्न पनि सेटिङ चाहिन्छ भनेर पूर्व पूशासकहरु बताउँछन् । काहिँ नभएको जात्रा सिंहदरबार हुनेगर्छ । सिंहदरबारका कर्मचारी आफूखुशी काम गरेर हिँड््ने गर्छन् ।
सरकारले कर्मचारीलाई समयमा कार्यालय पुगेर काम गर्न निर्दैशन दिए तापनि कर्मचारीहरु सिंहदरबार पुगेपछि कार्यालयमा नगई सोझै क्यान्टिनतिर गफगाफमा अलमलिने गरेको पाइन्छ ।
त्यसले गर्दा सेवाग्राहीहरुले समयमा काम नभएर हैरानी खेप्नुपरेका थप्रै उदाहरणहरु छर्लङ्ग छन् । सरकारले कर्मचारीलाई चुस्तदुरुस्त ढंगले छिटोछरितो सेवाग्राहीको काम गरिदिन दिर्नेशन चाहीं दिएको हुन्छ तर कर्मचारीले काम गर्छ कि गर्दैन भनेर अनुगमन गरेको पाइँदैन ।
जब मन्त्री मन्त्रालयमा उपस्थित हुन्छन् अनि कर्मचारीले हस्याङफस्याङ गर्दै काम गरेको जस्तो देखिन्छ । यस्तो प्रवृत्ति कहिले अन्त्य हुन्छ ? यतिबेला नेपाल निजामती कर्मचारी संगठनको सिंहदरबार भित्रका कर्मचारीलाई चुनाव लागेका छ ।
कर्मचारी संगठनसँग आवद कर्मचारीहरु आफनो कार्यकक्ष छोडेर राजनितिक भेटघाट गर्न धौडिरेहेका छन् । कसैले आफ्नो पार्टीको मन्त्री र सचिव हेर्ने कसैले पार्टीको ढोका ढकढक्याउन दौडिन काम भइरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले यस्तै बताउने गरेका छन् । हिजो लोकसेवा दिएर आएका कर्मचारीसँग काठमाडौंमा केही थिएनन् ।
ती केही नभएका कर्मचारीहरुसँग कहाँबाट आयो अथाह धन सम्पत्ति ? अख्त्तियार दुरुपयोग अनुसन्धान आयोग कर्मचारीको भ्रष्टचारी मु्दा विशेष अदालत लगेर दर्ता गर्छ ।
त्यस्ता मुद्दामा ठूला कर्मचारी जोगिने र सानालाई फसाउने काम हुन्छ । राष्ट्रसेवक भनेर चिनिने कर्मचारीह नै कमाउ धन्दामा लिप्त भएपछि कसरी हुन्छ सुशासन कायम ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा कार्यरत एक उपसचिवका अनुसार सहसचिवले आफनो छोराछोरी पनि तलबले राम्रो विघालय पढाउन सक्दैनन् ।
किनभने काठमाडौंको बसाँइ निकै महँगो भइसकेको छ । उनका अनुसार कोहि पनि कर्मचारी दुधले नुँहाएको भन्ने छैन । तर, कर्मचारी भने कामप्रति निकेै जिम्मेवार हुनुपर्छ ।
तर, कर्मचारीहरु जिम्मेवार भएर काम गर्नु त परै जाओस् । उल्टै सेवाग्राहीको काम गर्दा आलटाल गर्ने, काम गरिहालेपनि घुस खान खोज्ने, आज हुने कामलाई भोलि, पर्सी भनेर झुलाउने जस्तो प्रवृत्ति कर्मचातन्तभित्र फस्टाएको छ । अझ कर्मचारी युनियनका नेताहरुको त सानै छुट्टै हुन्छ ।
उनीहरु कार्यकक्षमा बसेर काम गर्नुको सट्टा सरकारी खर्चमा देश, विदेश घुम्ने, राजनीतिक संगठन गर्ने, कर्मचारी सरुवा, बढुवामा चलखेल गर्ने, मन्त्री र मुख्यसचिवलाई समेत गुमहारामा पारेर फाइदा लिने काम गर्दछन् ।
राष्ट्रसेवक कर्मचारीहरुको यस्तो क्रियाकलापले गर्दा देशमा आर्थिक समृद्धि र सुशासन कायम हुनुभन्दा भ्रष्टाचार, विकृति, विंगति झागिँदै गएको छ ।
प्रतिक्रिया