February 23, 2025, 6:15 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सामाजिक सञ्जाल नियमन गरौँ, बोल्ने अधिकार नखोसौँ : झलनाथ खनाल

माघ २८, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

विराटनगर- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले यसबारे सोच्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु राजनैतिक मूल्य मान्यतामा देखिएको विग्रह भएको बताए ।

एक प्रश्नको जवाफमा खनालले संविधान संशोधन भन्दा पुनरावलोकन गर्न सुझाव दिएका छन् ।

उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए ।

उनले शासकीय स्वरुप परिवर्तनले मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए ।

खनालले सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था रहेको पनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे ।

उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया