February 23, 2025, 7:04 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बालेनविरुद्ध खनिए अमरेश- हिटलरको शैलीमा दमनमा उत्रिएको आरोप

माघ २८, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् ।

सोमबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्ने क्रममा उनले आइतबार काठमाडौंको टेकुस्थित एक कवाड व्यवसायमाथि भएको धरपकडलाई लिएर बालेनमाथि आक्रोश पोखेका हुन् ।

हिटलरबाट कुनै समय जर्मनीमा नाजीवाद लादिएको थियो । कवाडी व्यवसायीमाथि डोजर चलाएर मजदुरमाथि ज्यादती गरिएको छ’, उनले भने, ‘महानगरको धरपकड र आक्रमणका कारण तीनजना मजदुर गम्भीर घाइते भएका छन् । त्यहाँ मुस्लिम, मधेसी सबै थिए । रौतहटका रञ्जन रौनियारसहितको गम्भीर अवस्थामा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’

उनले कवाड व्यवसायीमाथि गरिएको आक्रमणलाई लिएर हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन पनि बालेनलाई चुनौती दिए ।

यो काठमाडौंको मेयरको नाजीवादी शैली चल्दैन । हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने, व्यवसाय गर्ने अधिकार छ’, उनले भने, ‘अहिले जसले जे पनि गर्ने जस्तो भएको छ । के यो न्याय मरेको देश हो ?’

उनले मेयर बालेन तानाशाही भएर निस्केको पनि बताए । ‘जर्मनीको हिटलर र इटालीको मुसोलिनी जस्तै भएको छ काठमाडौंको मेयर’, उनले भने, ‘सरकारबाट अनुमति लिएर व्यवसाय गर्नेमाथि भएको यो धरपकड निन्दनीय छ ।’

प्रतिक्रिया