February 23, 2025, 7:07 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सरकार ढाल्न बनाउन होइन, कानुन निर्माणमा क्षमता देखाऔं : विश्वप्रकाश शर्मा

माघ २७, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले यथार्थमा संसद् विधायिकी कर्ममा क्षमता प्रस्तुत गर्न चुकिरहेको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार फेर्न र एकपछि अर्को प्रधानमन्त्री बनाउनमा लगाएजति नै क्षमता ऐन कानुन बनाउनमा दलहरूले लगाउनुपर्ने औंल्याएका छन्।

‘संसद विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनौं। एकपछि अर्को प्रधानमन्त्री बनाउन, सरकार बनाउन जतिको क्षमता दल र सांसदहरूले जसरी राखेका छौं। त्यही गतिमा विधेयकहरू पारित गर्न सकेका छैनौं,’ उनले भने।

संसद् आफ्नो प्रधान दायित्वमा चुक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको उनको जिकिर छ। विधेयक टुंगमा नपुग्नुमा एउटाले अर्कोलाई दोष दिएर उम्कने अवस्था नरहेको शर्माले औंल्याएका छन्।

भ्रष्टाचार निवारण विधेयक, शिक्षा विधेयक, अख्तियारसम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयकलाई यसपटक टुंगोमा पुर्‍याएर संसद्को प्रधान दायित्व सबै दलले निभाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया