February 23, 2025, 10:32 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयो : महासचिव पोखरेल

माघ २७, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयकबारे भ्रम फिँजाउने काम भइरहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त विधेयक सामाजिक सञ्जालको नियमन तथा दुरुपयोग र साइबर अपराध रोक्न ल्याइएको स्पष्ट पार्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजियो भन्दै भ्रम छर्ने काम भएको उल्लेख गरेका छन् ।

विगतमा आफैँले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नु अनैतिक कार्य भएको टिप्पणी गर्दै पोखरेलले यस्ता कुराप्रति नागरिकहरू  सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।

महासचिव पोखरेलले विधेयकमा केही अस्पष्‍टता र सुधार गर्नु पर्ने देखिए संसद्ले सुधार गर्न सक्ने बताएका छन् ।

उनले साइबर अपराध इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगगरी गरिने विश्वव्यापी रुपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध रहेको भन्दै त्यस्ता गतिविधिको नियन्त्रण आवश्यक मात्र नभइ अपरिहार्य विषय रहेको जनाएका छन् ।

प्रतिक्रिया