February 23, 2025, 9:42 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

संसदमा रास्वपाको मागः रबि लामिछानेको निलम्बन फुकुवा गरियोस्

माघ २५, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।

प्रतिनिधिसभाको जारी  बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘पुर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौंटीमा रिहा भइसकेका हाम्रा सभापति रबि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले बैठकमा भने ।

सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दावी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भन्न भ्याएका छन । उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मुल्य महंगो पर्ने पनि जनाए ।

बिभिन्न सहकारीवाट ग्यालेक्सी टिभीमा रकम लगेको अभियोगमा लामिछानेमाथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ ।

सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाइ पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनवाट २ करोड भन्दा माथी धरौंटी दिएर रिहा भइसकेका छन् ।

प्रतिक्रिया