February 23, 2025, 9:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अध्यादेश बारे जसपा नेपाल आज मात्रै निर्णय लिने

माघ २४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं,  । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा बिपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिदैँछ ।

सरकारले हालै जारी गरेको अध्यादेश प्रतिनिधिसभावाट पारित हुन सक्ने भएतापनि राष्ट्रियसभामा भने जसपा नेपाल बिना नसकिने भए पछि उसले बार्गेनिङ बढाइरहेको बेला आज निर्णय लिन लागेको हो ।

अध्यादेशको पक्षमा उभिने कि नउभिने भन्ने बारेमा जसपा नेपालले पर्यटन तथा अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । यादवले तीन देखी भुमी सबन्धी बिज्ञ, अर्थ बिज्ञलगायतसँग छलफल गरेको भए पनि अहिलेसम्म नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनलाइ निर्णय दिइसकेको अवस्था भने छैन ।

तर, जसपा नेपालले बिहीबार बिहान संसदीय दलको बैठक राखेर सो बारेमा निर्णय लिने भएको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने कार्यदल संयोजक यादवले जानकारी दिएका छन ।

संविधानले संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने भने पनि संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठक मै दुवै सदनमा अध्यादेश पेस गर्नु पर्ने संवैधानिक व्यवस्था छ । अध्यादेश दुवै सदनमा पेस गरेर दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रावधान रहेकाले जसपा नेपाल निर्णायक भएकाे हाे ।

बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिसकेकाे छ ।

 

प्रतिक्रिया