February 23, 2025, 2:52 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

झोलुङ्गे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता

माघ २३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

सुर्खेत–  झोलुंगे पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका-४ को कुटा र पञ्चपुरी नगरपालिका-१० को चाम्री जोड्ने झोलुंगे पुल मर्मतका क्रममा दुई जना मजदुर भेरी नदीमा खसेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । उनीहरू पुलका लठ्ठा बाँध्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् ।

प्रतिक्रिया