February 24, 2025, 1:34 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

काठमाडौं आइपुगे बेलायतका राजकुमार एडवार्ड

माघ २२, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं :बेलायतका राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौं आइपुगेका हुन्।यसअघि आजै बिहान राजकुमार  एडवार्डकी पत्नी सोफी काठमाडौं आइपुगेकी थिइन्। उनी कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट काठमाडौं आइपुगेकी हुन्। उनीहरूसँग ११ जनाको टोली पनि काठमाडौं आइपुगेको हो।

उनीहरू पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। उनीहरूको नेपाल भ्रमण युवा सशक्तिकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ।

प्रतिक्रिया