February 23, 2025, 1:23 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते

माघ २२, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं – स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो।
वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो।
दुर्घटनामा वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया