February 3, 2025, 3:44 pm
» उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी » रौतहटका न्यायाधीश केसी बिरूद्द गौरमा स्थानियको प्रदर्शन » माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने » खडका न्याय परिषद सदस्यमा नियुक्त » नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

तराइ मधेस केन्द्रित दलका ८ दलको बैठक सुरू

माघ २१, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । तराइ मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तिब्र भएको छ ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ मधेस केन्द्रित ८ दलको बैठक सुरू भएको छ ।

‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि आगामी दिनमा के कस्तो रणनीति बनाएर जाने अनि समान बिचार बाहक आठ दलिय  मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजना सम्बन्धि महत्त्वपूर्ण छलफलकालागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरु बसिरहेका छौं,’ एक सदस्य केशव झाले भने ।

उनका अनुसार जसपावाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालवाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट गंगाराम चौधरी र लालविर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीवाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीवाट रामनरेश राय र केशव झा, जनता प्रगतिशिल पार्टीवाट शिवजी यादव, तमलोपावाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह रहेका छन् ।

प्रतिक्रिया