February 3, 2025, 3:39 pm
» उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी » रौतहटका न्यायाधीश केसी बिरूद्द गौरमा स्थानियको प्रदर्शन » माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने » खडका न्याय परिषद सदस्यमा नियुक्त » नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी

माघ २१, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ ।

यो बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टीको आगार्मी कार्यदिशासहित केही प्रदेश इन्चार्ज पनि परिवर्तनसहितका विषयमा छलफल भइरहेको छ ।

गत पुस २१-२३ सम्मको केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको अवस्थामा पदाधिकारी बैठक बसेको हो ।

माओवादीले यसअघि पेरिसडाँडामा कार्यविभाजनबारे छलफल गरे पनि कुरा मिलेको थिएन । पुसमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षको हैसियतमा सहभागी गराएका थिए ।

दाहालले पुनकै इच्छाअनुसार उनलाई पार्टीमा सक्रिय गराइएको जवाफ त्यसबेला दिएका थिए । केन्द्रीय समिति बैठकमा पुनको आशन पनि अन्य उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, कृष्णबहादुर महरा र पम्फा भुसालसँगै मञ्चको अग्रभागमा थियो ।

तर पुनलाई पार्टीमा दिइने जिम्मेवारीबारे नेताहरूबीच सहमति हुन नसक्दा समस्या भएको थियो । त्यहीकारण अध्यक्ष दाहालले पुनलाई पनि पदाधिकारी बैठकमा सहभागी गराएर जिम्मेवारी तोक्न लागेका हुन्। सम्भवत: पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरिनेछ ।

यो बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी छन् । पुसको केन्द्रीय समिति बैठकमा भाग लिएसँगै पुनले माओवादीमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् । अब उनलाई औपचारिक रुपमा उपाध्यक्ष बनाएर फेरि माओवादी राजनीतिमा फर्काउने तयारी प्रचण्डले गरिसकेका छन् ।

प्रतिक्रिया