February 24, 2025, 1:13 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रचण्ड निवासमा माओवादी पदाधिकारी बैठक सुरू

माघ २१, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसिरहेको हो ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टीको आगार्मी कार्यदिशासहित केही प्रदेशमा इन्चार्ज फर्ने लगायतको विषयमा छलफल हुनेछ ।

गत पुस २१-२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो।

यसअघि पनि कार्यविभाजनबारे छलफल भए पनि टुंगिएको थिएन। विशेषगरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन सकेको छैन।

प्रतिक्रिया