February 23, 2025, 1:29 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

माघ २१, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौँ, ।नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ ।

आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकामा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

प्रतिक्रिया