February 1, 2025, 9:51 pm
» डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार » आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ » हमासले रिहा गरयो दुइ बन्दी » करेन्ट लागेर अमिनको मृत्यु » व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

माघ १९, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

डोल्पामा प्रसूतीको समयमा सालनाल अड्केकी सुत्केरीको उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१०, रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरेर सुर्खेत पुर्याइएको छ ।

हिजो घरमा प्रसूतीको क्रममा सालनाल ननिस्केपछि गम्भीर अवस्थामा पुगेकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पाबाट राष्ट्रपति महिला उद्धार कोषमार्फत हेलिकोप्टरमा सुर्खेत पुर्याइएको हो ।

जनचेतनाको अभावमा सदरमुकाम नजिकैको गाउँबाटसमेत प्रसूतीका लागि गर्भवती महिलालाई अस्पताल नलैजाँदा गम्भीर खालका समस्या देखिने गरेको छ ।

प्रतिक्रिया