February 28, 2025, 5:38 am
» नेमकिपाको महाधिवेशन आजदेखि, विजुक्छें नै होलान् त अध्यक्ष ? » ७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ » ग्याल्पो ल्होसार सम्पूर्ण नेपालीहरूमा समुन्नतिको वर्ष बनोस्- देउवा » उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै » रुस र युक्रेनको युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत

पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैनः प्रधानमन्त्री

माघ १८, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा नरहेको स्पष्ट पारेका छन ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने स्पष्ट पारेका हुन ।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, “विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराएका छन ।

प्रतिक्रिया