February 23, 2025, 7:07 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

टिकटकको स्वामित्व माइक्रोसफ्टले लिन सक्ने ट्रम्पको संकेत

माघ १५, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

वासिंगटन डिसी, । चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनि माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरू भएको हो ।

चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै हाल ‘प्रतिबन्धको अवस्था’ मा रहेको बेला ट्रम्पको यो पछिल्लो टिप्पणी आएको हो ।

माइक्रोसफ्टले लोकप्रिय भिडियो साझेदारी एप प्राप्त गर्न वार्ता गरिरहेको छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हो भइरहेको छ ।’

ट्रम्पले टिकटकमा ठूलो चासो रहेको बताउँदै बिक्रीमा चासो राख्ने अमेरिकी फर्महरूको पूर्ण सूची उपलब्ध गराउन भने अस्वीकार गरेका छन ।

मियामीबाट वाशिंगटन, डीसी, एयर फोर्स वनमा यात्रा गर्दा ट्रम्पले पत्रकारहरूलाई भने, ‘मलाई युद्धहरू बिड गर्न मन पर्छ किनभने तपाईं आफ्नो उत्तम सम्झौता गर्नुहुन्छ।’

माइक्रोसफ्ट र टिकटक दुबैले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया