February 23, 2025, 6:22 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

माघ १४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका- ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।

आइतबार राति करिब साढे १० बजेको समयमा सरस्वतीलाई बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ ।

सरस्वतीलाई उपचारका लागि लम्की लगिएको छ । उनको अवस्था भने खतरामुक्त  रहेको बताइएको छ ।कैलालीका विभिन्न क्षेत्रमा अझै छाउको समयमा गोठमा बस्ने चलन कायमै छ। छाउगोठमुक्त, वडा, पालिका घोषणा गरिए पनि गोठमा बस्ने चलन हटेको छैन।

प्रतिक्रिया