January 23, 2025, 9:27 am
» विष्णु पौडेलको खेतमा भेटिएको बम डिस्पोज » प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी » रबि लामिछानेको बहस जारी » त्रिवी केन्द्रिय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन » सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

संघीय संसदका तीन समितिको बैठक बस्दैँ

माघ १०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं,  । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकको सबन्धमा श्रम, सामाजिक तथा रोजगार मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ ।

साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुने समितिले जनाएको छ ।

प्रतिक्रिया