February 24, 2025, 6:39 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

प्रधानमन्त्रीलाई घाँटीमा तकलिफ,सबै कार्यक्रम रध्द

माघ १०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ। आजको निम्ति निर्धारित प्रधानमन्त्री केपी शर्मा ओलीका सबै कार्यक्रम रध्द गरिएका छन् । बहुप्रतिक्षित बुटवल-पाल्पा जोड्ने सिद्धबाबाको सुरुङ्ग मार्ग उदघाटन पनि त्यसैको मारमा परेको छ ।

अस्ति बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमको पार्टी प्रवेशसम्वन्धी प्रक्रियामा सम्पूर्णत: रोक लगाउने निर्णय गराउनु भएका उहाँ राती दुई बजेसम्म कसैको जन्मदिनमा सरिक हुनुहुन्थ्यो । त्यस अवसरमा खाएको केक र चिसो मौसमवीच अबेरसम्म रात्री बसाईका कारण हिजो बिहान उठ्दा घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भयो ।सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा त्यसैकारण सहभागी हुन सक्नुभएन र मौसमको कारण जहाज उड्न नसकेपछि बाटैमा रोकिएका गृहमन्त्री रमेश लेखकलाई स्थलमार्गबाट रातारात धुलिखेल हुँदै काठमाण्डौ बोलाउनु परेको थियो । प्रधानमन्त्रीलाई थप आराम चाहिएकोले आज बाहिरका कसैसङ्ग भेटघाट राखिएको छैन ।

प्रतिक्रिया