January 19, 2025, 4:58 pm
» मन्त्री गुरुङको चेतावनी : घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् » संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरुद्धको काम होः चन्द्र भण्डारी » राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन सर्वोच्चद्वारा खारेज » संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ » बिहेको भोज खाँदा ५७ जना बिरामी

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

माघ ६, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

बैतडी– यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो ।

बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् ।  कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई/दुई विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन् ।

बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् ।

समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि सुरू प्रतियोगितामा नौ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख रुपैयाँ, दोस्रो हुनेले तीन लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई  २५/२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रतिक्रिया