February 24, 2025, 9:29 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

मन्त्री गुरुङको चेतावनी : घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन्

माघ ६, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नागरिकको कामलाई आलटाल गर्ने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् । उनले घुस खाने कर्मचारी पनि कारबाहीमा पर्ने बताएका हुन् ।

लमजुङको क्व्होलासोथार गाउँपालिका-९, गिलुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् ।’ क्व्होलासोथार-९, गिलुङ टक्सार घर भएका गुरुङले ७ वर्ष बुद्धोदय माविमा अध्यापन गराएका थिए ।

उनले कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म नबदलिएको बताए । ‘पञ्चायतमा पञ्चायतले भनेका मान्ने । बहुदलमा बहुदलले भनेका मान्ने । जनताको कुरा सुन्दै नसुन्ने । अहिले पनि उस्तै छ,’ उनले भने, ‘व्यवस्था बदलियो, काम गर्ने तरिका बदलिएन । शासन प्रणाली बदलियो, मान्छेको काम बदलिएन ।’

उनका अनुसार १ दिनमा हुने काम १ साता लगाइदिने, १ महिनामा हुने काम १० महिनासम्म लगाइदिने भएकाले अहिलेको प्रणाली अन्त्यको लागि अध्यादेश ल्याएको दाबी गरे । ‘हामीले संविधानको मर्म र संविधानको प्रावधानअनुसार अध्यादेश ल्याएका हौँ’ उनले भने । उनले अध्यादेशले सुशासन कायम हुने दाबी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेको र यो भन्दा नयाँ व्यवस्था नरहेको बताए । ‘संघीय गणतन्त्रको विकल्प समृद्ध संघीय गणतन्त्रमात्रै हुन्छ । लोकतन्त्रको विकल्प समृद्ध लोकतन्त्र मात्रै हुन्छ’ अब पनि जनताको काम नहुने अवस्था हो भने जनताले कहिले सुख पाउने ?’ उनले संविधानले तोकेको बाहेक नागरिकका काम ७ दिनभित्रै सक्नुपर्ने बताए । ‘काम नगरेमा उसले प्रतिवेदन बुझाउनु पर्छ । सरकारले कारबाही गर्छ’ उनले भने ।

उनले अर्को प्रसंगमा हालसम्म शिक्षासम्बन्धी २०२८ मा बनेको ऐन रहेकाले शिक्षाको समस्या जस्ताको तस्तै रहेको बताए । ‘बहुदल आए पनि शिक्षा ऐन बदलिएन । गणतन्त्र आयो, अभै बदलिएन । यो क्षेत्र सबैभन्दा बढी राजनीति हुने क्षेत्र बन्यो’ उनले भने, ‘नयाँ ऐन आएपछि समस्याको समाधान होला, सुधार होला ।’

प्रतिक्रिया