February 24, 2025, 9:29 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरुद्धको काम होः चन्द्र भण्डारी

माघ ६, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

विराटनगर, । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी क्रियाकलाप भएको टिप्पणी गरेका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भण्डारीले संसद् रहेको अवस्थामा संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी काम भएको टिप्पणी गरेका हुन्।

उनले नेपालमा बहुदलीय व्यवस्था, विधिको शासन र संसदीय व्यवस्था लामो समय लडेर ल्याइएकाले संसद् रहेको वेला संसद्लाई छलेर अध्यादेश ल्याउनु विधिको शासन विपरीतको काम मात्रै नभई सांसदहरूकै अपमान भएको जिकिर गरे।

उनले कानुन चाहिएकै भए संसद्को अधिवेशन बोलाएर फाष्ट् ट्र्याकबाट पनि बनाउन सकिने स्पष्ट पारे। ‘बहुमत छ भन्दैमा पेलिलिदिने भन्ने हुँदैन हामीले विधि खोजेको हो, अध्यादेश ल्याउनु विधिको शासन विपरीत हो।’ उनले भने।

प्रतिक्रिया