November 23, 2024, 1:00 pm
» पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु » रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह

लुम्बिनी एमालेमा असन्तुष्टि, संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

साउन ९, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिएका हुन् ।

गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहेका थिए । गिरिले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको भन्दै पार्टी राजीनामा दिएको बताएका छन् ।

कांग्रेसको सहयोगमा मुख्यमन्त्री बनेका संसदीय दलका उपनेता आचार्यले आजै शपथ लिएर ९ सदस्यीय मन्त्रिमण्डल गठन समेत गरेका छन् ।

प्रतिक्रिया