November 15, 2024, 4:10 am
» फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन » दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो » शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर » देशका अधिकांश भागमा आज मौसम सफा रहने » सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी

स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता

भदौ ३१, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका-३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएका ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।

खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।

हराइरहेको वृद्धालाई खोजतलासमा सहयोग पु¥याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप रु ५० हजार नगद दिने घोषणा गरेको छ ।

बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया