February 25, 2025, 12:54 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

भदौ ३१, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता भएको छ ।
शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको सिंहको सचिवालयले जानकारी दिएको छ ।
भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । मन्त्री सिंहले काठमाडौं उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि जोड दिएका थिए  ।
सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताएकी थिइन् ।

प्रतिक्रिया