January 15, 2025, 11:04 am
» समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने » कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त » रबिको थुनछेक बहस सकियो, केही बेरमा नै आदेश आउने » निर्माण ब्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री » कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति

आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्त सफा

माघ २, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं, । हाल देशमा पश्चिमी  न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम  मुख्यतया  सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ ।

राती भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको संभाबना रहेको छ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया