February 24, 2025, 3:16 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

निर्माण ब्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री

माघ २, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं,  । सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन ।

भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन्दोलनमा जाने घोषणा निर्माण व्यावसायीले गरेका हुन ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकास निर्माण सबन्धि मन्त्रीहरूलाई ज्ञापनपत्र दिने काम सुरू गरिनेछ ।

र, माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको  महासचिव रोशन दाहालले जानकारी दिए ।

यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने गरी अर्को चरणको आन्दोलन घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन ।

निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि सरकारबाट भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनीहरूको दावी रहेको छ ।

तर,  उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले भने सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा २२ अर्ब भुक्तानी भइसकेकाे जनाएका छन । उनका अनुसार  अब करिव ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रकृयामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी यसअघि दिएका थिए ।
साेही बिच, निर्माण ब्यावसायीले अान्दाेलनकाे घाेषणा गरेका हुन् ।

प्रतिक्रिया