February 23, 2025, 2:51 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

माघ २, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं,  । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।

स्थानीय मिडियाहरुले रोनाल्डोले अल नासरसँग एक बर्षको लागि सम्झौता नवीकरण गर्ने बताएका छन् ।

रोनाल्डोको अल नासरमा यसै बर्षको जुन ३० सम्म मात्र सम्झौता रहेको थियो । यो सम्झौता नवीकरण भएपछि रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको रूपमा स्थापित हुनेछन् ।

रोनाल्डो जनवरी २०२३ मा अल नासरमा अनुबन्ध भएका थिए । रोनाल्डोको आगमनसँगै विश्व फुटबलका धेरै सुपरस्टार खेलाडीहरु साउदी प्रो लिगमा पुगेका थिए । अहिले रोनाल्डोसहित करिम बेन्जमा, नेइमार जस्ता खेलाडी साउदी लिगमा रहेका छन् ।

रोनाल्डोले अल नासरसँग प्रतिसिजन २१० मिलियन अमेरिकी डलरभन्दा बढीको सम्झौता गर्न लागेको बताइएको छ ।

आफ्नो क्यारियरको अन्त्य तिर रहेका रोनाल्डोले अझै केहि बर्ष सक्रिय फुटबल खेल्ने संकेत गरेका छन् । रोनाल्डो फेब्रुअरी ५ मा ४० बर्षका हुदै छन् ।

प्रतिक्रिया