सारिका घिमिरे पछिल्लो समय गायिकाका रूपमा स्थापित हुँदै छिन् । सुनसरीको इटहरीमा जन्मिएकी सारिकाले ६ वर्षअघि नायिकाका रूपमा ‘हत्याकाण्ड’बाट अभिनय सुरु गरेकी हुन् । त्यसपछि ‘रक्षा’, ‘परिणाम’, ‘आगो–२’जस्ता चलचित्र उनको पोल्टामा परे ।
मदन पुरस्कार विजेता झमककुमारी घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’मा सारिकाले झमककी बहिनी ‘मीना’ भएर अभिनय गरेकी छन् । यो फिल्म हिजो शुक्रबारबाट रिलिज भएको छ ।
‘विश्वनाथ काका’ रिलिज तयारीमा छ । तीन वर्षको अवधिमा सारिकाले चार दर्जन गीत रेकर्ड गराइसकेकी छन् । तीन दर्जन भिडियोमा मोडलिङ गरेकी सारिकास“ग राजधानी दैनिकका डब्बु क्षत्रीले गरेको सटकट संवाद :
आफूलाई नायिका कि गायिकाजस्तो लाग्छ ?
खासमा कलाकार हुँ । तैपनि, पहिला नायिका र त्यसपछि गायिका ।
अब अभिनय कि गायनमै रम्ने ?
अब गायनमै रम्न चाहन्छु ।
किन ? फिल्म नपाएर हो ?
त्यो पनि हो । भनेजस्तो रोल नपाएपछि पछिल्लो समय फिल्म खेल्न मनै लाग्न छाड्यो । नायिका बन्नुअघि गायन सिकिरहेकी थिएँ । गायिका बन्ने सपना थियो । त्यो अहिले पूरा गर्दै छु ।
फिल्मबाट पलायन भएकै हो त ?
त्यस्तै हो । कमर्सियल फिल्म खेल्दिन“ ।
फिल्मबाट ‘डिप्रेस’ भएर हो कि ?
त्यस्तो पनि होइन । ‘जीवन काँडा कि फूल’ जस्तै ‘बायोपिक’मा आधारित तथा आर्टफिल्म पाए र फरक चरित्र छ भने खेल्छु ।
गायन–अभिनयमध्ये केमा सन्तुष्ट मिल्दो रहेछ ?
अभिनय नसिकेकी नायिका भएँ । दुई वर्ष गायन सिकेर आएकी हुँ त्यसैले गायनबाट सन्तुष्टि मिलेको छ ।
कमाई कति हुन्छ गायनमा ?
यतिउति भन्ने निश्चित छैन । अहिले नै महँगो पारिश्रमिक माग्ने हैसियत पनि बनाइसकेकी छैन । गीत रेकर्ड र स्टेज कार्यक्रमबापत सबैले पैसा दिन्छन् । खाली हात काम गर्दिन“ ।
पेसाजस्तै प्रेमी कतिको फेरिन्छ ?
(हा“स्दै) अहिलेसम्म प्रेम गर्ने भरपर्दो केटो नै भेटेकी छैन । अनि, कसरी प्रेमी फेर्नु र ?
यो विश्वासिलो जवाफ भएन । यति राम्री केटीलाई प्रेम प्रस्ताव नआएकै हो त ?
ङ्खयानले मन पराउनु छुट्टै कुरा हो । तर, मरिहत्ते गरेर प्रेम गर्ने केटासँगको संगतको अनुभव छैन ।
त्यसो भए कुन हिरो पाइयो भने ‘डेटिº’मा गइन्छ ?
मलाई मन पर्ने हिरो अक्षयकुमार हो । उहा“सँग डेटभन्दा पनि एक साँझ डिनर गर्ने सपना छ । नेपाली हिरोसँग ‘डेटिङ’ कुनै इच्छा छैन ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!