काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ ।
आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार भएको छ ।
आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनी शेयर मूल्य भने स्थिर हरेको छ ।
आज ३०१ वटा कम्पनी कारोबार आउँदा ४६ हजार ६१४ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ ।
प्रतिक्रिया