January 10, 2025, 8:25 am
» रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित » चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला » नेपालमा पूर्ण प्रजातन्त्र आएकै छैन, नयाँ सरकार बन्नु मात्र प्रजातन्त्र होइन : पूर्वराजा ज्ञानेन्द्र » शीतलहरले तराईको जनजीवन प्रभावित » पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो

पुस २५, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि पत्नी निकिता पौडेलको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ ।

अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीहरूलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । उनलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

प्रतिक्रिया