January 10, 2025, 3:40 am
» पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो » अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ » स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली

पुस २५, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ । प्राधिकरणले बिहीबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयको बिजुली काटिदिएको हो ।

तीन महिनासम्म बत्तीको बिल कांग्रेसले नतिरेपछि प्राधिकरणले कर्मचारी पठाएर लाइन काटिदिएको हो । अन्य ग्राहकको पनि तीन महिनासम्म बिल नतिरे लाइन कातिन्छ  ।

संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको हो । कांग्रेस संसदीय दलको करिब ६५ हजार बिल तिर्न बाँकी थियो ।

बिजुली काटिएपछि बिहीबार नै बिल तिरेकाले लाइन जोड्ने तयारी प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया