January 10, 2025, 4:37 am
» चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला » नेपालमा पूर्ण प्रजातन्त्र आएकै छैन, नयाँ सरकार बन्नु मात्र प्रजातन्त्र होइन : पूर्वराजा ज्ञानेन्द्र » शीतलहरले तराईको जनजीवन प्रभावित » पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो » अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ

अदालतमा रवि लामिछानेको याचना – बाहिरै बसेर पुर्पक्ष गर्न पाउँ श्रीमान !

पुस २५, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिन आग्रह गरेका छन् ।

आज कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले सबै प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । त्यसक्रममा लामिछानेले त्यस्तो याचना गरेका हुन् ।

आफू गृहमन्त्री हुँदा शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै उनले अब पनि त्यस्तो अवस्था नरहेको बताए । ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् श्रीमान् !’

साथै, प्रत्येक पटक तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने लामिछानेले बताए । यो मुद्दामा थुनछेक बहस सकिएकाले आजै आदेश आउने सम्भावना छ ।

अहिले अदालत वरपर सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।

प्रतिक्रिया