January 9, 2025, 5:30 am
» दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता » अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक » रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने » रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु » चीनमा देखिएको एचएमपीभी भाइरस सामान्य : स्वास्थ्य मन्त्रालय

सरकारलाई सुझावसहित एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव

पुस २३, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं – प्रमुख सत्तारुढ नेकपा (एमाले)ले तीन दिनसम्म बसेको आठौं केन्द्रीय कमिटी बैठकबाट विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले विभिन्न १४ प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यो बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि उसले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।

बैठकले सत्तारूढ दलहरूबीचको समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ ।

बैठकले यो २०८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया