January 7, 2025, 6:31 am
» तिब्बतमा भूकम्प : उद्धारमा सबै शक्ति लगाउन राष्ट्रपति सीको निर्देशन » सुनको मूल्य आज पनि स्थिर, कतिमा भइरहेको छ कारोबार ? » Collection of information on earthquake impact underway » अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो » तिब्बतको भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह

पुस १९, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

सप्तरी– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले ठुलाे संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले  पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसकाे संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे  ।

उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले  रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए ।

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहेका सिंहले आवश्यकताको सिद्धान्तअनुसार कांग्रेस-एमालेकाे सरकार बनेको बताए  ।

‘अहिले संसद्को दुई ठुला दल मिलेर सरकार बन्दा कहीँ  नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’ उनले भने,’साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो ।’

उनले आवश्यकताको सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको बताए ।

राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए  ।

सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्नेछन् भने लहान नगरपालिकाको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया