काठमाडौं । आम नेपालीले मधेशमा जारी आन्दोलन रोकिएला र भारतले गरेको नाकावन्दी खुल्ला भन्ने अपेक्षामा दिन काटिरहेको वेला आन्दोलन रोकिनुको साटो झन चर्कने संकेत देखिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध मधेश केन्द्रित राजनीतिक दलहरुले अधिकार मागेर सुरु गरेको आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय जनता आजित भएर प्रतिकारमा उत्रदा आन्दोलन झन चर्कने देखिएको हो ।
आज मोर्चाले इटहरीमा गर्न तय गरेको कार्यक्रमको मञ्च नै विद्यार्थीहरुले जलाइदिएका छन् । सो कार्यक्रममा मधेशी मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम थियो ।
यता रुपन्देहीमा पनि भारतीय नम्वरको गाडीलाई स्थानीयले जलाइदिएका छन् । मुलुक आक्रान्त अवस्थामा पुगेको वेलामा अभिभावकत्व निर्वाह गर्नुपर्ने सरकार निरिह बनेकाले आन्दोलन झन चर्कने संकेत देखिएको हो ।
मुलुक र जनतालाई संकट परेका बेला अभिभावकत्व निभाउन नसक्ने सरकारको पनि अव जनताले राजिनामा माग्न बेर लगाउने छैनन् । यता नाकबन्दी र मोर्चाको आन्दोलनले पढ्न नपाएको भन्दै काठमाडौंका विद्यार्थीले मानव साङलो बनाएका छन् ।
यसले पनि अव आन्दोलन बढि भएमा जनता चुप लागेर बस्नदैनन भन्ने देखाउछ । यस विषयमा सरकार र आन्दोलनकारी दलहरु सचेत बन्नै पर्ने अवस्था आएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!