काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बल्ल जनताको पावर चिनेका छन् ।शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनहितलाई केन्द्रमा राखेर काम नगरे जनताले जुनसुकै बेला सत्ता उल्टन सक्ने सम्भावना रहेको बताए ।
उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका छन् ।
कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए ।
‘कम्युनिस्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजविरुद्ध लडेका जनताहरू कम्युनिस्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेठ्नपर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा । हामी कहाँ पनि यसो हेर्दा लक्षण चाहिँ । कुरा बुझ्नुभयो नि ! सिस्टम चाहिँ कता–कता त्यस्तै देखिने ।’
उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिस्टहरू अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको टिप्पणी उनले गरेका छन् ।साभार।
यस बिषयमा तपाइको प्रतिक्रिया...!