January 5, 2025, 12:52 am
» इँटा व्यवसायी प्रसाईंको शव गाडेको अवस्थामा फेला » Agriculture Ministry estimates 5.9 million metric tonnes rice yield » रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि » देशभरको तापक्रम घट्दै, तराईमा बाक्लो हुस्सु » चीनमा नयाँ भाइरसको संक्रमण फैलियो

सरकार कुनै पनि बेला ढल्न सक्छः उपाध्यक्ष खतिवडा

पुस १५, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

चितवन, 
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकार कुनै पनि बेला ढल्न सक्ने चेतावनी दिएका छन्। सोमबार कटारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अस्थिर रहेको र राजनीतिक सौदाबाजीको भरमा टिकेको दाबी गरे।

उपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए। उनका अनुसार यो सरकार भ्रष्टाचारका काण्डमा संलग्न व्यक्तिहरूलाई जोगाउन गठन भएको हो। उनले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धुलगायतका काण्डमा मुछिएका व्यक्तिहरूलाई बचाउनका लागि कांग्रेस र एमालेले रातारात सरकार बनाएको आरोप लगाए।खतिवडाले एकीकृत समाजवादीले सरकार ढाल्ने कुनै योजना नभएको स्पष्ट पारे। तर, सरकार ढाल्नका लागि कसैले कदम चालेमा आफूहरूले सहयोग गर्ने संकेत गरे। उदयपुर निर्वाचन क्षेत्र-२ मा दुई दिनअघि सम्पन्न कार्यकर्ता भेलामा हृदयविक्रम तामाङको संयोजकत्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी गठन गरिएको खतिवडाले जानकारी दिए। उनले अब जनताको समस्याको पहिचान गरी समाधानका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिने बताए।

प्रतिक्रिया